पशुपतिमा बालाचतुर्दशी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, दिवंगत पितृका नाममा दीपदान र शतबीज छर्न भक्तजन पशुपतिलगायत शिवमन्दिरमा पुगेका छन्।

रातभरि जाग्राम बसी, दीप प्रज्वलन गरेर भोलि बिहान स्नान गरेपछि शतबिज छर्ने चलन छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्ने गरिन्छ ।  दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइन्छ।

प्रकाशित : 3 December, 2021

प्रतिक्रिया दिनुहोस्