नेपाल आइडल सिजन–४ कहिले बाट सुरु ?

काठमाडौं । मंसिर २०,चर्चित रियालिटी सो नेपाल आइडलको नयाँ चौथो संस्करण ‘नेपाल आइडल सिजन–४ आगामी मंसिर २३ गतेबाट प्रशारण हुने भएको छ ।
एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने कार्यक्रमको निर्देशन लक्ष्मण पौडेलले गर्ने भएका छन् ।यसपटक वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तानलाई निर्णयकको रुपमा देख्न पाइने छ ।