ओमिक्रोनलाई अहिले प्रयोगमा आएको खोपले काम गर्छ : डब्लुएचओ
सहयात्रा टिभी
काठमाडौँ । २२ मंसिर, अहिले प्रयोगमा आइरहेका खेापहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) ले जनाएको छ ।
अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन सक्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षणमा अहिले प्रयोगमा आएकै खोपले काम गर्ने देखिएको हो ।
चलन चल्तिमा आएका खोप कति हदसम्म प्रभावकारी हुन्छन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको डब्लुएचओले जनाएको छ ।