कांग्रेसमा उम्मेदवार छान्न सुरू

काठमाडौ । मंसिर २२, आगामी शुक्रबारबाट सुरू हुने कांग्रेस महाधिवेशनका लागि अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन ।
उम्मेदवारी मनोनयनको मिति नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरूले आफूसहित प्यानलै घोषणा गर्ने तयारी अघि बढाएका हुन् ।उम्मेदवारको टुंगो लगाउन सभापतिका आकांक्षीहरूले आ–आफ्नो टिमभित्र छलफल थालेका छन् ।
सभापतिमा आकांक्षीमध्ये वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा बलिया उम्मेदवार छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन ।