नेपाल आइडल ४ आजदेखि प्रसारण हुँदै

काठमाडौं । मंसिर २३, गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ को चौथो संस्करण आज बिहिबारदेखि एपीवान टेलिभिजनमा प्रसारण हुँदैछ ।
आजदेखि यो कार्यक्रम प्रत्येक हप्ता बिहीबार तथा शुक्रबार राति ८ः३० बजेदेखि प्रसारण हुनेछ । नेपाल आइडलको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा शसक्त रुपमा ल्याउने योजना रहेको आयोजक संस्थाले यसअघि नै बताइसकेको छ ।
यो रियालिटी शोमा यसपटक संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल तथा गायिका सुवानी मोक्तान निर्णायकको रुपमा रहेका छन् ।
शोको होस्ट आशिफ शाहले गर्नेछन् भने उनको को–होस्टमा रेश्मा घिमिरे रहने छिन् ।