मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटना, ४९ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । २४ मंसिर, दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो ।

दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो ।

प्रकाशित : 10 December, 2021

प्रतिक्रिया दिनुहोस्