कांग्रेसले र्‍यालीको आयोजना नगर्ने

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २४, उद्‍घाटन अघि कांग्रेसले र्‍यालीको आयोजना नगर्ने भएको छ। काठमाडौंका सभापति कृष्ण सबुज बानियाँका अनुसार ट्राफिक अस्तव्यस्त हुन नदिन र्‍याली नगरिने बताएका हुन्।

महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ।

उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।

प्रकाशित : 10 December, 2021

प्रतिक्रिया दिनुहोस्