कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि पुनः मतदान हुने

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८,  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि पुनस् मतदान हुने भएको छ।

 

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेको हुनाले दोस्रो चरणमा मतदान हुन लागेको हो ।

निर्वाचन समितिले दोस्रो चरणको मतदान आजै गर्ने तयारी गरेको छ । समितिले केहीबेरमै यसको बारेमा निष्कर्ष निकाल्ने बताएको छ ।

पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दुई हजार २५८ मत पाउँदा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरे । यसैगरी विमलेन्द्र निधिले २४९ भोट ल्याउँदा प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २० भोट ल्याए । ७७ भोट बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : 14 December, 2021

प्रतिक्रिया दिनुहोस्