अनमोल र स्वतन्त्रले नयाँ प्रोजेक्टमा सहकार्य गर्ने

काठमाडौँ । पुस १, अभिनेता अनमोल केसी र कलाकार एवं उद्यमी स्वतन्त्रप्रताप शाहले नयाँ प्रोजेक्टमा सहकार्य गर्ने भएका छन् ।
स्वतन्त्र र अनमोलले फिल्म वा अन्य व्यवसायिक क्षेत्रमध्ये कुनमा सहकार्य गर्न लागेका हुन् भन्नेबारे खुलाइएको छैन । तर, पनि चाँडै उनीहरुले भविष्यको प्रोजेक्टबारे सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।