प्रदेश सम्मेलनको तयारीमा एमाले जुट्यो

काठमाडौँ । पुस ५, नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक निर्णय गरेको छ ।
बैठकले जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको छ ।
प्रदेश कमिटीका लागि १५० संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने छ, जसमा ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी छनोट गरिने एमालेले जनाएको छ