राप्रपाको प्रदेश स्तरीय विस्तारित बैठक बस्दै

काठमाडौँ । पुस ८, राप्रपाको महाधिवेशन लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णय अनुसार बिहीबार देखि प्रदेश स्तरीय विस्तारित बैठक सुुरु हुँदै छ ।
पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्य दिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।