कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक पुस १० गते

काठमाडौँ । पुस ९, मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो ।
संघीय संरचना अनुसार तयार भएको कांग्रेसको नयाँ विधान अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ ।
जसमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित हुनेछन् भने कोषाध्यक्ष र ३३ जना थप केन्द्रीय सदस्य पनि मनोनित गर्नुपर्ने विधानमा ब्यवस्था छ ।