थप ११३ जनामा कोरोना संक्रमणःकाठमाडौं

काठमाडौँ । पुस ११,काठमाडौं उपत्यकामा थप ११३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भक्तपुरमा ८, ललितपुरमा २८ र काठमाडौं ७७ गरी ११३ संक्रमित थपिएका हुन्।
योसँगै उपत्यकामा १८६० सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ७४५, भक्तपुरमा ४९९ र ललितपुरमा ६१६ जना सक्रिय संक्रमित छन्।
यस्तै नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार १८० जनाको पिसिआर परीक्षण र २४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२८३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।