आज देखि माओवादी महाधिवेशन प्रज्ञा भवनमा सुरु

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, नेकपामाओवादी केन्द्रको बन्दशत्र सोमबार बिहानदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ।

आठौं महाधिवेशन आइतबार उद्घाटन भएको हो। स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।  सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही बढ्ने बताइएको छ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन्। बन्दशत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ।

प्रकाशित : 27 December, 2021

प्रतिक्रिया दिनुहोस्