बैतडीमा वर्षको पहिलो हिमपात

काठमाडौँ । पुस, १४ बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ ।
पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भएको हो ।