ताप्लेजुङको हिमाली भेगमा बाक्लो हिमपात

काठमाडौँ । पुस १४, ताप्लेजुङको हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ ।
समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।
त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए । यता सदरमुकाम फुङ्लिङमा पनि गए रातिदेखि वर्षा हुन जारी रहेको छ ।
हिमपात भएसँगै चिसो बढेको छ । अध्यधिक जाडोेले जनजीवन प्रभावित भएको छ ।