प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान रद्द

काठमाडौँ । पुस १६ , प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् ।
बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएको सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् ।
खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण उडान अवतरण प्रभावित भएको कम्पनीहरुको भनाइ छ ।