बारी बाँझो हुँदा आयातित वस्तु खाइरहेका छौँः अर्थमन्त्री शर्मा

काठमाडौँ । १६ पुस, अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।