ला लिगामा बार्सिलोना विजयी

काठमाडौं । पुस १९, स्पेनिस ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई १ ० अन्तरले पराजित गर्यो ।
क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।
६५ प्रतिश बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न हम्मेहम्मे परेको थियो । कोरोनाका कारण बार्सिलोनाका अधिकांश सिनियर खेलाडी खेलेका थिएनन् ।
तर पनि मालोर्काले त्यसको फाइदा उठाउन सकेन । जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ ।