ओमिक्रोन संक्रमण रोक्न यस्तो छ सरकारको तयारी

काठमाडौं । पुस २२, विश्वभरि फैलिइरहेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि फैलन सक्ने सम्भावना ध्यानमा राखि खोप अभियान तीव्र पार्नेदेखि जिन सिक्वेन्सिङ तथा सचेतना कार्यक्रमलाई सरकाले प्राथमिकता दिइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टबारे पत्ता लागेका तथ्यहरूको जानकारी विभिन्न माध्यमबाट सर्वसाधारणसमक्ष पुर्याइरहेको जनाएको छ।
‘ओमिक्रोनको संक्रमण मध्यनजर गर्दै निषेधाज्ञा लगाउनुपर्ने बाध्यात्मक स्थिति आउन नदिन खोपको पूर्ण मात्रा लगाउन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले सबैसँग आग्रह गरेको छ।
‘जिम्मेवार नागरिकको हैसियतले आफू र आफ्ना प्रियजन सुरक्षित राख्ने हामी सबैको जिम्मेवारी हो,’ प्रवक्ता मिश्रले थपिन्, ‘नयाँ भेरिएन्ट ओमिक्रोनको पहिचानका लागि नियमित जिन सिक्वेन्सिङ भइरहेको छ।’
नेपालमा हालसम्म लक्षित वर्ग ९१८ वर्षभन्दा माथिको उमेर समूह का ५० प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।