मनाङको लिगकै फराकिलो जित

सहयात्रा टिभी

काठमाडौं । पुस २५, जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा मनाङ मस्र्याङदी क्लबले च्यासल युथ क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पाखा लगाएको छ ।

पोखरामा भएको खेलमा मनाङले जारी लिगकै सर्वाधिक गोल गर्दै जित निकालेको हो । लिगको ८ औं चरण समाप्तीमा कुनै पनि टिमले यति ठूलो जित निकाल्न सकेको छैन ।

मनाङले राष्ट्रिय ‘ए’ डिभिजन लिग काडमाडौं बाहिर लैजानुनै लिगको ठूलो इतिहास हो । मनाङले नेपाल पुलिस क्लब, बिग्रेड ब्वाइज क्लब र च्यासल युथ क्लबलाई पोखरामा खेल्न मनाएको थियो ।

पोखरा रंगशाला फुटबल एरिनामा भएको खेलमा मनाङको फराकिलो जित दर्ता गर्नमा आफिज ओलावाले नायक बने । उनले ह्याट्रिक पूरा गरे । मनाङले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता लियो ।

ओलावालेले च्यासलका डिफेन्डरलाई छलाउँदै ओलाउन्मी एडे सोमिडेले सहजै गोल गरे । खेलको पाँच  मिनेटमा सोमिडेकै पासमा ओलावालेले गरेको प्रहारलाई च्यासलका डिफेन्डरले बचाउ गर्दै संकट टारे ।

प्रकाशित : 9 January, 2022

प्रतिक्रिया दिनुहोस्