रोनाल्डो पिएसजी जाने चर्चा

सहयात्रा टिभी

काठमाडौं । पुस २८, फेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी इंग्लिस क्लब म्यानचेस्ट युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने योजना बनाइरहेको छ ।

फ्रेन्च मिडियालाई आधार मान्ने हो भने यसका दुई कारण छन् । पहिलो रोनाल्डो ओल्ड ट्राफोर्डमा खुसी छैनन् र दोस्रो युवास्टार केलियन एमबाप्पेले क्लब छाड्ने लगभग निश्चित जस्तै बनेको छ ।

हुन पिएसजीले गत वर्ष नै रोनाल्डोलाई भित्र्याउन प्रयास गरेको थियो, जति बेला एमबाप्पे रियल जाने हल्ला व्यापक रूपमा फैलिएको थियो ।

त्यो समय एमबाप्पेलाई क्लबमै राख्ने निर्णय गर्ने अघिकार पेरिससँग थियो तर अहिले त्यो अवस्था छैन । त्यस्तै रोनाल्डो र म्यानचेस्टरका नयाँ प्रशिक्षक राल्फ राङनिकबीच त्यति राम्रो सम्बन्ध कायम हुन सकेको छैन ।

यी दुईबीचको मनमुटाव उच्च बिन्दुमा छ । यदि रोनाल्डो आफ्नो पुरानो क्लब म्यानचेस्टर फर्किएको एक वर्षमै अन्यत्र जान चाहन्छन् भने पिएसजी नै उनका लागि सबैभन्दा उपयुक्त विकल्प हो ।

अहिलेको अवस्थामा रोनाल्डोजत्तिको महँगो खेलाडी भित्र्याउन सक्ने क्लब भनेकै पिएसजी नै हो।

यदि यी सबै हल्ला सही सावित हुने हो भने वर्तमान समयका दुई उत्कृष्ट फुटबलर रोनाल्डो र लियोनल मेस्सी पहिलोपटक एकै क्लबमा हुनेछन् ।

प्रकाशित : 12 January, 2022

प्रतिक्रिया दिनुहोस्