सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैनःस्वास्थ्य मन्त्री

काठमाडौं । पुस २९, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
बिहीबार किर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री खतिवडाले भने, ‘सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ,अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन।’