राजधानीमा भित्रभित्रै फैलिँदै छ कोरोना

सहयात्रा टिभी

काठमाडौं । माघ ७, कालो र रातो प्लेटमा दर्ता भएका दुई वा चार पाङ्ग्रे गाडीहरु, ढुवानी गाडीहरु, सरकारी वा संस्थानका गाडीहरु कोरोना उत्पादन गर्ने कलकारखाना बन्दै छन् ।

पछिल्लो समय उपत्यकामा यसरी कोरोना बढ्नुमा सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना नहुँदा भएको हो ।

सार्वजनिक सवारीसाधन अन्तर्गत बस, ट्याम्पु, माइक्रोबस आदिमा कोरोनाको मापदण्ड पालना भएको छैन । ट्याक्सीको हकमा भने यात्रु चारजनासहित ड्राइभर एक गरी जम्मा पाँचजना बोक्ने अनुमति पाएको छ ।

योचाहिँ कोरोना नभएको अवस्थामा हो । तर, ट्याक्सीले बच्चासहित सातजनासम्म बोकिरहेका छन् ।

ट्याक्सीले यसरी सिटभन्दा बढी मान्छे राख्दा बालबालिकाको ज्यान जोखिममा परेको हो । कोरोना महामारी आएपछि पछाडि दुईजनामात्र राख्न पाइन्छ भने अगाडि चालकबाहेक अरु कोही पनि बस्न पाउँदैनन् । सफा ट्याम्पुले अहिले १५ जनासम्म यात्रु हालिरहेका छन् । ट्याम्पुले उभ्याएरसमेत यात्रु कोच्ने गरेका छन् ।

बच्चाहरु पनि काखमा बोकिरहेका छन् । सफा ट्याम्पुको बीच भागमा प्लास्टिक लगाउने भने पनि त्यो पनि लागू भएको छैन । सफा ट्याम्पु चालकको छेउमा दुईजना यात्रु राखेर चलाइरहेका छन् ।

ग्यास ट्याम्पुको हाल पनि उही नै छ । सफा ट्याम्पु चलाउने चालकले मास्क लगाएका छैनन् । यता, यात्रुहरु पनि लापरबाह देखिन्छन् । यी सवारीसाधनमा स्यानिटाइजर पनि राखिएको पाइँदैन । सरकारले बनाएको मापदण्डमा जम्मा आठजना यात्रु राख्ने भनिएको छ । तर, ट्याम्पु चालकले स्वास्थ्य मापदण्डको पूर्ण पालना नगर्दा तीबाट कोरोना फैलिरहेको छ । सरकारले माइक्रोबसमा १३ जना यात्रु र एकजना चालकसहित चलाउने अनुमति दिएको छ ।

प्रकाशित : 21 January, 2022

प्रतिक्रिया दिनुहोस्