ओलीले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं । माघ ९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्
दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन हुनेछ ।
सम्मेलनमा स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने पार्टी कार्यालयले जानकारी दिए।