बुन्डेस लिगामा डर्टमन्डको रोमाञ्चक जित

काठमाडौं । माघ ९, जर्मन बुन्डेस लिगाअन्तर्गत बेरुसिया डर्टमन्डले घरेलु टोली हेफेनहाइममाथि ३(२ को रोमाञ्चक जित हात पारेको छ ।
गएराति रेन(नेकर एरिनामा भएको खेलमा डर्टमन्डलाई जित दिलाउन इर्लिङ हालान्ड र मार्को रिउसले १(१ गोल गर्दा एक गोल उपहार स्वरूप प्राप्त भयो ।
होफेनहाइमका आन्द्रेज क्रमारिच र जर्जिनियो रुटरले १ र१ गोल फर्काए । खेलको छैटौं मिनेटमा हालान्डको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको समयमा क्रमारिचले खेललाई १(१ को बराबरीमा ल्याए ।
५८ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमन्डलाई २(१ को अग्रता दिलाए । ६६ औ होफेनहाइमका डेभिड रुमले आत्मघाती गोल गरेपछि पाहुना टोली ३(१ अघि बढ्यो ७७ औं मिनेटमा रूटले गोल गर्दै होफेनहाइमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन नसक्दा डर्टमन्डले ३(२ को रोमाञ्चक जित हात पार्यो ।
यो जितसँगै दोस्रो स्थानमा यथावत डर्टमन्डले २० खेलमा ४३ अंक जोड्दा पराजित होफेनहाइम समान खेलबाट ३१ अंकका साथ छैटौं स्थानमा छ ।