आज नेपालमा ६० हजार मात्रा मोडर्ना खोप आइ पुग्ने

सहयात्रा टिभी

काठमाडौं । माघ १०, कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा सोमबार साँझ आइपुग्ने भएको छ ।

आज साँझ ७ बजे १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले बताए ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सो खोप दिइनेछ । कोभ्याक्स सुविधामार्फत खरिदमा मोडर्ना खोप नेपाल ल्याउन लागिएको अधिकृत थापाले बताए ।

प्रकाशित : 24 January, 2022

प्रतिक्रिया दिनुहोस्