कोरोनाको कारण नेपाली सेनाको भर्ना छनोट परीक्षा स्थगित

सहयात्रा टिभी

काठमाडौं । माघ ११, कोरोना महामारीको बढ्दो संक्रमणका कारण नेपाली सेनाले नयाँ भर्ना छनोट कार्यक्रम रोकेको छ ।

नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरूको वार्षिक कार्यतालिकाअनुसार सञ्चालन हुने भर्ना छनोट परीक्षा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले वार्षिक कार्यतालिका बनाएर हरेक वर्ष विभिन्न रिक्त दरबन्दीमा पदपूर्ति गर्दै आएको छ ।

 

प्रकाशित : 25 January, 2022

प्रतिक्रिया दिनुहोस्