जापानी पूर्वप्रधानमन्त्री आबेलाई नेताजी सम्मान

सहयात्रा टिभी

काठमाडौं । माघ १२, जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई नेताजी रिसर्च ब्यूरोले नेताजी पुरस्कार २०२२ प्रदान गरेको छ ।

भारतका स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोसको १२५ औं जन्मजयन्तिका अवसरमा आयोजितका कार्यक्रममा आबेलाई सम्मान गरिएको हो भारतीय संचारमाध्यमहरुका अनुसार कोलकातास्थित जापानी महावाणिज्य दूत नाकामुरा युटाकाले एल्गिन रोडस्थित बोसको निवासमा आयोजित कार्यक्रममा आबेको तर्फबाट उक्त सम्मान ग्रहण गरेका छन् ।

कार्यक्रमलाई भारतका लागि जापानी राजदूत सातोशी सुजुकीले नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत् सम्बोधन गरेका थिए ।

कोलकातास्थित जापानका महावाणिज्य दूत नाकामुरा युटाकाले पढेर सुनाएको सन्देशमा आबेले सम्मानप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, ‘जापानको पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभाको सदस्यको हैसियतले भारतसँग द्विपक्षीय सम्बन्धको विकासमा निरन्तर योगदान दिन म कटिबद्ध छु ।’

प्रकाशित : 26 January, 2022

प्रतिक्रिया दिनुहोस्