अमेरिकामा कोरोनाको खोप नलगाएको भन्दै मुटु प्रत्यारोपण रोक्यो

बोस्टन । माघ १३, अमेरिकाको एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाउँदा एक बिरामीको मुटु प्रत्यारोपण रोकेको छ।
अमेरिकाको बोस्टनस्थित ब्रिघम एण्ड वुमन्स हस्पिटलले ३१ वर्षीय पुरुषको मुटु प्रत्यारोपण रोकेको हो।
नयाँ मुटुको खाँचो रहेका ३१ वर्षीय डिजे फर्गुसन सो अस्पताल पुगेका थिए। तर अस्पतालले ती व्यक्तिले खोप नलगाएको भन्दै उनको मुटु प्रत्यारोपण रद्ध गरेको बीबीसीमा खबर छ।
ती बिरामीका पिता डेभिडका अनुसार फर्गसनले कोभिड १९ विरुद्धको खोपमा विश्वास नलाग्ने भन्दै खोप लगाएका थिएनन्। कोभिड विरुद्धको खोप नलगाएको भन्दै अस्पतालले उनको मुटु प्रत्यारोपण नगरेको डेभिडले बीबीसँग बताएका छन्।
यद्यपि अस्पतालले भने आफूले कोभिड नीति अपनाएको र अंगप्रत्यंग अभावका कारण मुटु प्रत्यारोपण नगरेको जनाएको छ। ‘अस्पतालमा उपलब्ध अंगप्रत्यंगको अभावलाई हामीले ध्यानमा राख्दै आएका छौं। मुटु प्रत्यारोपणपछि ती व्यक्तिको सल्यक्रिया र रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा हामीले त्यसो गरेका हौं’, अस्पतालले भन्यो।
अंग अभावका कारण करिब १ लाख मानिस पर्खाइमा रहेको र आगामी पाँच वर्षसम्म अभाव रहने अस्पतालले जनाएको छ। फर्गुसन पनि सन् २०२१ नोभेम्बर २६ देखि मुटु प्रत्यारोपणको लागि सो अस्पताल भर्ना भएका बताइएको छ
-एजेन्सीको सहयोगमा