अभिनेत्री मौनीले गरिन ब्यापारीसँग विवाह

काठमाडौं । माघ १५, गिनको रुपमा परिचित भारतीय टिभी एक्ट्रेस तथा बलिउड अभिनेत्री मौनी राय बिहिबार दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् ।
अरु नायिका जस्तो नायकसँग नभएर यी नायिका व्यापारीसँग दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् । केही समयदेखि अभिनेत्री मौनी दुवईका व्यापारी सुरज नाँबियारसँग प्रेम सम्बन्धमा थिईन् ।
उनै ब्वाईफ्रेन्ड मार्फत उनले व्यबसायमा पनि आफ्नो लगानी सुरु गरेकी थिईन् । तिनै उधोगी तथा व्यबसायी सुरजसँग अभिनेत्री मौनी यतीबेला दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन्। उनीहरुले हिन्दु परम्पार अनुसार विवाह गरेका छन् ।
अभिनेत्री मौनीले विवाहमा धेरै सिनेकर्मीलाई भने सहभागी गराएकी छैनन् । आफ्ना केही नजिकका सिनेकर्मीलाई उनले बोलाईन् । यी अभिनेत्रीका अनुसार उनीहरुले मुम्बईमा विवाहको भव्य रिसेप्सन पार्टी राख्दैछन् ।
सो पार्टीका लागि सलमान खान, रणबीर कपुरदेखि धेरै अभिनेत अभिनेत्रीलाई उनले निम्ता पठाईसकेकी छिन् । मौनीको विवाहको रिसेप्सनमा बलिउड स्टारहरुको जमघट भएको छ ।