जोरबजोर प्रणालीलाई थप व्यवस्थित बनाइने

काठमाडौं । माघ १४, कोरोना संक्रमण नियन्त्रणबारे छलफलका लागि शुक्रवार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

बैठकमा जोरबिजोर प्रणालीलाई थप व्यवस्थित गर्ने विषयमा छलफल हुने बताइएको छ । काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।