साबुन फ्याक्ट्रीमा आगलागी हुँदा ५० लाखको क्षति

सहयात्रा टिभी

काठमाडौं । माघ १९, सप्तरी सदरमुकाम राजविराज नगरपालिकास्थित एक साबुन फ्याक्ट्रीमा आगलागी हुँदा ५० लाख रुपियाँको क्षति भएको छ ।

वडा नम्बर ७ स्थित छिन्नमस्ता साबुन फ्याक्ट्रीमा मंगलबार बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीमा करिब ५० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आगलागीका कारण तयारी अवस्थामा रहेको १२ सय कार्टुन कपडा धुने साबुन र १ हजार बोरा सर्फ जलेर क्षति भएको छ ।

 

प्रकाशित : 2 February, 2022

प्रतिक्रिया दिनुहोस्