जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर अघि बढ्छौःमाधवकुमार नेपाल

सहयात्रा टिभी

काठमाडौं । माघ २०, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले मिलेर प्रतिस्पर्धा गर्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्ने स्पष्ट पारेका हुन्।

‘त्यसैले अहिले गठबन्धन तोड्न अनेक प्रयास गरिरहेका होलान्। तर, उनीहरुको गलत मनसाय सफल हुनेछैन’, नेता नेपालले भने, ‘देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुप देख्नेछौँ।’

उनले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायमै रहने दावी गरे।

कार्यक्रममा नेता नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्दै सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने जिकिर गरे। उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र बताए।

अध्यक्ष नेपालले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता भएको बताए।

प्रकाशित : 3 February, 2022

प्रतिक्रिया दिनुहोस्