भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । माघ २०, बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका(३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका(८ का ८६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १.५० बजे मृत्यु भएको थियो ।
८६ वर्षीय पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए ।