आजदेखि मौसम खुल्ने

सहयात्रा टिभी

काठमाडौं । माघ २३, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भएको थियो।
काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भएको थियो ।

शनिबार अपराह्नपछि उपत्यकाको मौसममा सामान्य सुधार आएको र आइतबारदेखि अझ सुधार आउने मौसमविद्ले जनाएका छन् ।

प्रतिकूल मौसमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भएका थिए । महाशाखाको मौसम बुलेटिन अनुसार आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउनेछ । आइतबार देशभर आंशिक बदली रहे पनि मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : 6 February, 2022

प्रतिक्रिया दिनुहोस्