पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा चक्काजाम

काठमाडौं । माघ २३, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले चक्काजाम गरेको छ ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध जनाइएको हो । प्रदर्शनकारीले सडकमा टायर बालेर सरकारको विरोध गरेका छन् ।सोक्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।