सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । माघ २३, साताको पहिलो दिन आज सेयर बजार घटेको छ।

आइतबार सेयर बजारको परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ पुगेको हो। दिनभरमा २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ ४७ पैसाको कारोबार भएको छ।

त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १७५ कम्पनीको मूल्य घटेको छ भने जम्मा १३ कम्पनीको मूल्य बढेको छ। बाँकी ३ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक पनि नकारात्मक देखिएको छ।

आइतबार नेपाल हाइड्रो डेभलपर्सको सेयर ८.०८ प्रतिशतले बढेको छ। त्यस्तै, एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३.८० र शिखर इन्स्योरेन्सको ३.१७ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आइतबार अरुन भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २८३ रुपैयाँ ३० पैसाको कारोबार भएको हो।

यसपछि, नेपाल लाइफ इन्स्योरेन्सको ४३ करोड ४७ लाख ८२ हजार ८७ रुपैयाँ २० पैसा, अपि पावरको २५ करोड ९५ लाख ७५ हजार २९ रुपैयाँ, नेसनल हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख १ हजार ७५६ रुपैयाँ ३० पैसा र अपस तामाकोशीको २२ करोड ३८ लाख ८२ हजार ८९६ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।

प्रकाशित : 6 February, 2022

प्रतिक्रिया दिनुहोस्