महिला भलिबल टिम सम्मान हुने

काठमाडौं । माघ २५, नेपाल खेलकुद महासंघ नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ ।
उक्त बैठकमा विधान संशोधन, महाधिवेशन, आगामी कार्य योजनाबारे बुँदागत निर्णय गरियो । ती निर्णयअनुसार आगामी कार्य योजनामा खेलाडी र खेल प्राविधिकको लागि घाइते भएको खण्डमा नेकोसले उपचार्थ सहजीकरण गर्ने भनिएको छ ।
यस्तै, बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको विजेता टिमका खेलाडीलाई आगामी फागुन ७ गते नगदसहित बधाई तथा सम्मान गर्ने पनि आगामी कार्ययोजनामा समेटिएको छ ।
नेपालको राष्ट्रिय महिला भलिबल टिमले उक्त प्रतियोगितामा उपाधि जितेको हो । उक्त कार्य योजनामा वर्षभरि गरेको प्रदर्शनको आधारमा खेलका सबै खाले विधाहरुमा उत्कृष्ट हुने खेलकर्मीहरूको छनोट गरी नगदसहित सम्मान गर्ने बुँदा रहेको छ ।