कमल थापाद्वारा ‘राजतन्त्र’ पूरै परित्याग
            सहयात्रा टिभी
		काठमाडौं । माघ २८, हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा आफू हार्नुको दोष निर्मल निवास अर्थात् पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाउँदै यो पार्टी छाडेका कमल थापाले ‘संवैधानिक राजतन्त्र’को एजेन्डा छाडेर नयाँ दल गठन गर्ने तयारी गरेका छन्।

केही दिनअघि मात्र राप्रपाप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थापाले नयाँ पार्टी खोल्ने तयारी गरिरहेका हुन्।
यस विषयमा बिहीबार धुम्बाराहीस्थित थापाको सम्पर्क कार्यालयमा राप्रपाका पूर्वनेताहरूको भेला भएको थियो। जसमा सेना, प्रहरी र कर्मचारीबाट सेवा निवृत्त व्यक्तिहरू पनि सहभागी थिए।
भेलाले तत्काल नयाँ पार्टी गठन गर्नेगरी कमल थापालाई अख्तियारी दिएको राजाराम बर्तौलाले बताए।


