कांग्रेस शीर्ष नेताको दबाब देउवालाई थेग्नै मुस्किल

काठमाडौं । फाल्गुन १, आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ ।
सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन कहिलेसम्म भन्नेबारे केही बोलेका छैनन् ।
१४औँ महाधिवेशनमार्फत देउवापछि पार्टीको दोस्रो शक्ति बनेर उदाएका नेता शेखर कोइरालाले आगामी चुनावमा एक्लै लड्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् ।
उनका स्वकीय सचिव दिनेश थपलियाले न्युज कारखानासँग कुरा गर्दै भने ‘शेखर दाजुले आगामी चुनावमा कांग्रेस एक्लै भिड्नुपर्छ भन्नुभएको छ ।’ नेता कोइरालाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चुनावमा एक्लै भिड्नुपर्ने प्रस्ताव पेस गरेका थिए ।