इन्टर मिलान नापोलीसँग बराबरीमा रोकियो

काठमाडौं । फाल्गुन १, इटालियन सिरी ए लिग लिडर इन्टर मिलान र दोस्रो स्थानका नापोलीले शनिबार बराबरी खेल्दै अंक बाडेका छन् ।
नापोलीको घरेलु मैदानमा खेल १.१ अन्तरको बराबरीमा समाप्त भएसंगै दुबै टोलीले अंक बाडेका हुन् ।
सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाए । ४७औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट बचाएका थिए ।
यस बराबरीसँगै इन्टर २४ खेलमा ५४ अंकसहित शीर्ष स्थानमा छ । नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्को खेलमा भेनेजीयाले टोरिनोलाई २.१ अन्तरले पराजित गर्यो ।