डानिलोको गोलले हारबाट जोगियो युभेन्टस

काठमाडौं । फाल्गुन २, इटालियन सिरी ‘ए’ अन्तर्गत आज बिहान सकिएको खेलमा घरेलु टोली एटलान्टा र युभेटसले बराबरीमा खेलेका छन् ।
गेविस स्टेडियममा दुवै टोलीले १–१ को बराबरीमा रोकिएका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा एटलान्टा अंक बाँड्न बाध्य बन्यो । खेलको ७६ औं मिनेटमा रुस्लान मालिनोभस्कीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
थप गरिएको समयमा डानिलोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए । यो बराबरीसँगै युभेन्टस २५ खेलमा ४६ अंकका साथ चौथो तथा एटलान्टा २४ खेलबाट ४४ अंक जोडेर पाँचौं स्थानमा यथावत छन् ।