देउवाले भने– नाफा घाटा जे भए पनि एमसीसी संसद्मा टेबल हुन्छ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक नाफा घाटा जे भए पनि अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्ने बताएका छन् ।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै उनले कांग्रेस तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यच्युत नहुने बताएको बैठकपछि सांसद गगन थापाले जानकारी दिए ।

तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यबाट च्युत भयो भने नेपाली कांग्रेसको छुट्टै परिचय रहँदैन । यसको नाफा–घाटा जेसुकै होला, नेपाली कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ । यो नेपाली कांग्रेस नेतृत्वले प्रस्तुत गर्न लागेको विधेयक होइन । प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा डबल स्टान्डर राख्दैन,” प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापालेभने ।

बैठकमा देउवाले संसद्मा उक्त प्रस्ताव टेबल गर्ने वातावरण बनाउन आफूले सभामुखलाई भनिसकेको जानकारी गराएका थिए ।

प्रकाशित : 15 February, 2022

प्रतिक्रिया दिनुहोस्