एमसीसी रोक्ने प्रचण्डको अन्तिम ‘प्रयास

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी रोक्न अन्तिम प्रयास गर्ने भएका छन् । त्यसका लागि उनी प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।

आज बसेको माओवादीको संसदीय दलको बैठकले एमसीसी संसदमा जबरजस्ती टेबुल गरिए विपक्षमा मतदान गर्ने, सरकार छाड्ने निर्णय गरेलगत्तै उनी बालुवाटार पुगेका हुन् । प्रचण्डले बालुवाटारमा देउवालाई पार्टीका निर्णय सुनाउनेछन् । र एमसीसीबारे राष्ट्रिय सहमति जुटाउन आग्रह गर्नेछन् ।

प्रकाशित : 16 February, 2022

प्रतिक्रिया दिनुहोस्