चितवनमा रत्ननगर महोत्सव सुरु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, कोभिड– १९ को तेस्रो कहरले स्थगित रत्ननगर महोत्सव पूर्वी चितवनको टिकौली चौरमा सुरु भएको छ।

११औँ संस्करणको महोत्सवको उद्घाटन आइतबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले गरेका हुन्।

फागुन २३ सम्म सञ्चालन हुने महोत्सवमा कृषि र पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिइने महोत्सव मूल समारोह समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए। महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने अपेक्षा छ।

महोत्सवमा चार सय २५ स्टल राखिएको छ। महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र १५ करोड रुपैयाँभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको महासचिव नीराजन खनालले जानकारी दिए।

 

प्रकाशित : 28 February, 2022

प्रतिक्रिया दिनुहोस्