रुसी बख्तरबन्द गाडीको ६४ किलोमिटर लामो लाइन किएभ तर्फ, रुसी निशानामा सर्वसाधारण पनि

सहयात्रा टिभी

काठमाडौं, फागुन १७,युक्रेनमाथि आक्रमण गरिरहेको रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु राजाधानी किएभ तर्फ पठाएको छ ।

रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानी किएभ तर्फ जाँदै गरेको स्याटेलाइट तस्बिरमा देखिएको हो ।

स्याटेलाइट तस्बिर लिने कम्पनी म्याक्सर टेक्नोलोजीका अनुसार रुसी बख्तरबन्द गाडीको लाइन ४० माइल अर्थात ६४ किलोमिटर भन्दा बढी लामो रहेको छ । यसअघि हातहतियारले सजिएका रुसी लडाकु सवारीको लाइन १७ माइल अर्थात २७ किलोमिटर लामो भनिएको थियो ।

यस्तै रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको छ । सो स्थान युक्रेनसँगको सीमा भन्दा मात्रै २० माइल ९३२ किलोमिटर० को दूरीमा पर्छ ।

युक्रेनमा रुसी आक्रमण विगत पाँच दिनदेखि जारी छ । गएको बिहीबारदेखि रुसले बिना उक्साहट युक्रेनमाथि युद्ध सुरु गरेको हो । युक्रेनी सैनिक तथा स्वयम्सेवी लडाकुले रुसी सैनिकलाई प्रमुख शहरमा रोक्ने प्रयास गरिरहेका छन् । उनीहरुलाई स्थानीय बासिन्दाले साथ दिइरहेका छन् । तर स्थल तथा हावईसँगै मिसाइल आक्रमण गरिरहेको रुस अघि बढ्ने क्रममा छ ।

 

प्रकाशित : 1 March, 2022

प्रतिक्रिया दिनुहोस्