निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ शेखर कोइराला

काठमाडौं । फाल्गुन २१, नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका छन्। नेपाल बार निर्वाचनमा कांग्रेसनिकट कानुन व्यवसायीले अन्य पार्टीसँग तालमेल गर्न नहुने भन्दै उनले यस्तो संकेत गरेका हुन्।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कोइरालाले आसन्न बार निर्वाचनलाई लक्षित गरी यस्तो बताएका हुन्। बार निर्वाचनमा कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए० र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। कोइरालाले कांग्रेसले अन्य पार्टीसँग गठबन्धन वा तालमेल गर्दा मर्यादामा आँच आउने उल्लेख गरेका छन्।
‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए०को महत्त्वपूर्ण भूमिका छ। यो लोकतान्त्रिक कानुन व्यवसायीहरूको पेसागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ,’ उनले भनेका छन, ‘अन्य पार्टीनिकट संगठनसँग गठबन्धन वा तालमेल गरिनुहुँदैन, यदि यसो गरिए डिएलएको पेसागत मर्म र मर्यादामा आँच आउँछ।’