संखुवासभाको भोटखोलामा खाद्य संकट स् चीनले ४ पटक सहयोग गर्दा पनि नेपाल सरकार पुगेन

काठमाडौं । फाल्गुन २१,भोटखोलाबाट किमाथांका पारि चिनियाँ बजार नजिक पर्छ । तर नाका बन्द भएकाले त्यहाँ पनि जाने अवस्था छैन ।
खाद्यान्न संकट टार्नका लागि चीन सरकारले तीन–चारपटक चामल, नुन तेल, चिनी लगायतका खाद्यान्न सामग्री भने सहयोग गरेको उनले बताए ।
पालिकास्तरीय दैवी प्रकोप उद्धार समितिले निर्णय गरेर मागेपछि चीन सरकारले तत्काल सहयोग गरेको उनले बताए । नेपाल सरकारले भने कुनै चासो नदेखाएको उनको आरोप छ ।
किमाथांका, थुदाम, रिदाक, हुम् मुङ लगायतका क्षेत्रका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ल्याएर जीविकोपार्जन गर्दै आएका थिए ।
‘नेपाल सरकारले एमसीसी पारित गरेपछि चीन सरकार रिसाएको छ भन्ने सुनेका छौं,’ भोटखोला गाउँपालिका १ का अध्यक्ष तेनछेवी शेर्पाले भने, ‘हामीलाई कुनै समस्या हुने हो कि भन्ने चिन्ता छ ।’
दुई वर्षदेखि नेपालसँग जोडिएका प्रायः चिनियाँ नाकाहरू बन्द छन् ।
कोरोनाको कारण देखाउँदै चीनले नाका बन्द गरेपछि यहाँका जनतालाई थप समस्या उत्पन्न भएको शेर्पाले बताए ।
२०७६ माघ ५ गतेदेखि चीन सरकारले किमाथांका नाका बन्द गरेको थियो ।
वरुण खोलामा पुल नभएका कारण वैशाखदेखि चौँरी, खच्चड तथा भरियाका भरमा खाद्यान्न लाने गरेको वडा अध्यक्ष शेर्पाले जानकारी दिए ।
३ सय २१ परिवारमा खाद्यान्न अभाव शुरू भएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । विशेष गरेर किमाथांकाका दुईवटा वडामा समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।
१ र २ नम्बर वडाका जनता हिमपातका कारण नेपालका बजारमा जान नसक्ने र चीनका बजारमा जान पनि नाका बन्द भएकाले खाद्यान्न अभाव हुन थालेको उनले बताए ।
गृह मन्त्रालयले १ सय क्विन्टल चामल र ७ क्विन्टल दाल पठाइसके पनि ढुवानी गर्न समस्या परिरहेको खतिवडाले जानकारी दिए । ढुवानीका लागि गृह मन्त्रालयले केही रकम उपलब्ध गराए पनि हिउँ नपग्लेका कारण पठाउन समस्या भएको उनको भनाइ छ ।
चिनियाँ नाका बन्द हुँदा भोटखोलामा आर्थिक संकट पनि छ ।
चिनियाँ भूभागमा पुगेर काम गरी आर्थिक उपार्जन गर्नेहरूको संख्या यहाँ ठूलो छ । अहिले उनीहरू चीनतर्फ जान पाएका छैनन् ।
नाका बन्द हुँदा २ वर्षदेखि सो क्षेत्रमा विकास निर्माणका काम समेत ठप्प भएका छन् ।
सिमेन्ट रड किन्न चीनकै बजारमा जानुपर्ने बाध्यता रहेका कारणले विकास निर्माणका काम समेत ठप्प भएको उनले बताए । सीमा नाका खोल्न पहल गर्दिन गृह मन्त्रालयलाई पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।
खाद्यान्न संकट भएपछि प्रदेश सांसद पद्म कुमारी गुरुङले प्रदेश सभामा कुरा उठाएकी थिइन् ।
सोमवार बसेको प्रदेश सभा बैठकमा उनले सो क्षेत्रका जनतालाई खाद्यान्न पुर्याउन उनले प्रदेश सरकारसँग माग गरिन् ।
तर, प्रदेश सरकारले पनि भोटखोलाको खाद्य संकट टार्न खासै पहल गरेको छैन ।