दराज र आइएमई पेसँग आइएमइ पे डेसम्बन्धी सम्झौता

काठमाडौं । फाल्गुन २१,नेपालको अग्रणी अनलाइन बजार दराज र आइएमई पेसँग सम्झौता साझेदारी भएको छ । दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसीप प्रमुख अरुण फुयाँल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आइएमइ पेसँग साझेदारी गरी आइएमई पे डे घोषणा गर्न पाएकोमा उत्साहित भएको नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसीप प्रमुख अरुण फुयाँलले बताए। उनले भने,ु साझेदारीको मुख्य उद्देश्य भने ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नका लागि थप कारणहरू प्रदान गर्नुको साथै नेपाली इ–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नु हो।ु
हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आइएमइ पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०५ ९अधिकतम रु। ३५०० सम्मको अतिरिक्त छुट पाउनेछन्।
साथै दराजका ग्राहकहरूले आफ्नो आइएमइ पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतशत ९अधिकतम ५००० सम्मको अतिरिक्त छुट पाउनेछन्।
ग्राहकहरूले आइएमइ पे वालेट वा आइएमइ पे भिसा कार्ड भौचरहरू दराज एप वा वेबसाइटमार्फत सङ्कलन गर्नुपर्ने हुन्छ।